राजावादी आन्दोलनको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई

सहयात्रा टिभी

काठमाडौँ । चैत १४, राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।

समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए ।

प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ ।

उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।

सोही दिन गणतन्त्र पक्षधरहरूले पनि काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शन गर्दैछन् । दुई ठाउँमा प्रदर्शन हुने भएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

प्रकाशित : 27 March, 2025

प्रतिक्रिया दिनुहोस्