प्रधानमन्त्री अ‍ोलीले बोलाए सर्वदलीय बैठक

सहयात्रा टिभी

काठमाडौं । चैत १७, प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाएका छन् ।

सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गणतन्त्र पक्षधर दलहरुको बैठक बोलाइएको हो । बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ ।

गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

 

प्रकाशित : 30 March, 2025

प्रतिक्रिया दिनुहोस्