तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम हुँदै

सहयात्रा टिभी

काठमाडौं । चैत १९, गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम प्रक्रिया अगाडि बढेको छ ।

 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार महर्जनको पोस्टमार्टम केही बेरमा सुरु हुनेछ । रिर्पोटिङको क्रममा आगोलले जलेर मृत्यु भएका फोटा पत्रकार सुरेश रजक भने पोस्टमार्टम गर्न केही दिन लाग्ने छ ।

स्रोतका अनुसार अस्पतालमा एक्सरे मेसिन उपकरण बिग्रिएको कारणले रजतको पोस्टमार्टम गर्न ढिलाइ भएको हो ।

‘शरीर पूरै जलेको भएकाले एक्सरे गरेर पनि हेर्नुपर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘केही दिनमा उपकरण मर्मत गरेर रजकको पोस्टमार्टम गर्छौं ।’

गत १५ गतेको प्रदर्शनका क्रममा उनको मृत्यु भएको थियो ।

 

प्रकाशित : 1 April, 2025

प्रतिक्रिया दिनुहोस्