अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प छैन : राप्रपा सांसद सिहं

काठमाडौं । चैत २६, मंगलबार काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको जिकिर गरे ।
सांसद दीपक सिंहले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने बताएका छन् ।
अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछ,’ उनले भने, ‘राजा बाहेक अरु विकल्प हामीसँग छैन । देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन ।’
उनले गत १५ गते तीनकुनेमा भएको घटनामा आफ्ना पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई निशर्त रिहा गर्नुपर्ने माग राखे ।