पर्साको प्रसौनी गाउँपालिका कार्यालय तोडफोड

काठमाडौं । चैत २७, पर्साको सखुवा प्रसौनी गाउँपालिका-४ को कार्यालय तोडफोड भएको छ ।
गएराति ५र६ जनाको समूहले वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायतका सामग्री तोडफोड गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए ।
‘कार्यालयको ताला फोडेर अफिसियल काजगात चोरी गरेर लगेको देखिन्छ । कार्यलायभित्र रहेका दराज, टेबल, पंखा, कुर्सी लगायत सामग्री तोडफोड भएको छ ।
एक जना भारतीय नागरिकलाई नागरिकता सिफारिस नगरिदिएको झोकमा ती समूहले वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने आशंका रहेको अध्यक्ष यादवले जानकारी दिए ।
रातिको समयमा प्रवेश गरेका ५/६ जनाको समूहले १२ वटा कुर्सी, ३ वटा दराज तोडफोड गर्नुका साथै लेटरप्याड, छाप र ल्याप्टप चोरी गरेर लगेको वडाध्यक्ष आरिफ अन्सारी बताउँछन् ।