विश्वका इशाईहरुका धर्मगुरु पोप फ्रान्सिसको निधन

काठमाडौं । बैशाख ८, विश्वकै इशाई धर्माबलम्बीहरुका धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा सोमबार निधन भएको छ । पहिलो गैर युरोपेली पोप फ्रान्सिस १३ सय वर्षमा युरोपबाहिरबाट पोप बन्ने पहिलो व्यक्ति थिए । भ्याटिकनले उनको निधनको पुष्टि गरेको छ ।
रोमको स्थायी समय अनुसार विहान ७ बजेर ३५ मिनेटमा पोप फ्रान्सिसको निधन भएको कार्डिनल केविन फेरेलले घोषणा गरेको छ । पोप फ्रान्सिस क्याथोलिक चर्चामा सुधारको लागि परिचित छन् । उनी अर्जेन्टिनामा जन्मिएका थिए ।