शिक्षकको सडक आन्दोलन फिर्ता, आजदेखि विद्यालय फर्किंदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख १८, करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजदेखि फिर्ता भएको छ ।

 

बुधबार राति सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो । शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । तीनै सहमतिका विषय मन्त्रिपरिषद्‌बाट पारित भएका थिए ।

सेवासुविधा र वृत्ति विकाससम्बन्धी केही माग मन्त्रिपरिषद्बाट अनुमोदनसँगै असार १५ भित्र विद्यालय शिक्षा ऐन जारी गर्ने सत्तारूढ दलको प्रतिबद्धतापछि २९ दिनदेखि जारी सडक आन्दोलन स्थगित गर्दै शिक्षकहरू कक्षाकोठामा फर्कन सहमत भएका छन् ।

आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आजदेखि नै विद्यार्थी भर्ना सुरु हुने भएको छ । करिब एक महिनादेखि अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने भएको छ ।

शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको मन्त्री पन्तले बताए ।

प्रकाशित : 1 May, 2025

प्रतिक्रिया दिनुहोस्