आज २०८२ साल वैशाख २१ गते आइतबारको राशिफल

काठमाडौं । बैशाख २१, आज २०८२ साल वैशाख २१ गते आइतबार। वैशाख शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मे ४ तारिख। रवि सप्तमी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ। राजनीतिक घेराबन्दी हुनसक्छ। काम गर्दा सचेत बन्नुपर्नेछ। अनुत्पादित क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। मनमा अशान्ति बढ्नेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ।
वृष : दिन सामान्य राम्रो छ। बोल्नु भन्दा अगाडि तीन पटक सोच्नु राम्रो हुनेछ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। निजी क्षेत्रमा शिक्षाको लगानीबाट आम्दानी बढ्नेछ। व्यापारमा घाटा हुने जोखिम छ।
मिथुन : दिन राम्रो छ। धनस्थानमा चन्द्रमा पुगेकाले धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्नेछ। राज्यका तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा रमाइलो घेटघाट हुनेछ।
कर्कट : आफ्नै राशिमा चन्द्रमा रहेकाले मन शान्त बन्नेछ। स्वास्थ्यको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा बहुआयामीक क्षेत्रको लगानी फस्टाउने छ। संकटमा परिवारको साथ मिल्नेछ।
सिंह : शनिको प्रभावले हरेक काममा अवरोध सिर्जना हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ।
कन्या : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। दैनिक कामबाट नाफा हुनेछ। परिवारमा रमाइलो भेटघाट तय हुनेछ। स्वास्थ्यमा ख्याल गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : स्वास्थ्य र शिक्षा दुवै क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। शिक्षक भए विद्यार्थीले प्रशंसा गर्नेछन्। राज्यमा गरेको योगदानको प्रशंसा हुनेछ।
वृश्चिक : मुल त्रिकोणमा शुभ ग्रह बसेका छन्। शिक्षाको क्षेत्रमा उपलब्धि हात लाग्नेछ। साथीलेसमेत तपाईंको कामको प्रशंसा गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु : दिन सामान्य छ। साना कुराले मनमा खटपटी बढ्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारले तपाईंको काममा प्रश्न गर्ने भएकाले काम गर्दा सचेत बन्नु उचित हुनेछ।
मकर : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको लगानीबाट फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।
कुम्भ : दिन सामान्य छ। स्वास्थ्यमा संकट आइपर्ने जोखिम छ। विपक्षी साथीले तपाईंका विरुद्धमा आवाज उठाउने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। एकल भन्दा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।