मेलम्ची खानेपानी वितरण बन्द

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको छ ।

केयूकेएले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको छ ।

लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ ।

सूचनामा भनिएको छ, ‘मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएको कारणले अर्को सूचना जारी नभएसम्म लाई यस शाखाबाट वितरण हुने सम्पूर्ण डीएमएहरुको पानी वितरण अवरुद्ध हुने जानकारी गराउन चाहन्छौं । यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ ।’

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ ।

प्रकाशित : 4 May, 2025

प्रतिक्रिया दिनुहोस्