लेखा समिति सरकारको छाया बनेको सांसद सिंहको आरोप

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समिति सरकारको छाया बनेको आरोप लगाएका छन् ।

आइतबार बसेको समितिको बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले समितिको बैठकमा लेखा समितिको बैठकमा प्रधानमन्त्री र मुख्य सचिवलाई नबोलाएको भन्दै आपत्ति जनाए ।

पहिला पहिला लेखा समितिसँग मान्छेहरू डराउने भएको भए पनि अहिले त्यस्तो वातावरण नभएको बताए ।

सांसद सिंहले कुनै पनि समिति बनाउँदा तीनवटा भन्दा बढी टीओआर बनाउन नहुने पनि भनाइ राखे ।

लेखा समितिको आजको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे छलफल भइरहेको छ ।

 

 

प्रकाशित : 4 May, 2025

प्रतिक्रिया दिनुहोस्