गाजामाथि नियन्त्रण गर्दै इजरायल, क्याबिनेटबाट प्रस्ताव पारित

सहयात्रा टिभी

काठमाडौं । वैशाख २३, इजरायलको रक्षा मन्त्रालयले गाजालाई पूर्ण नियन्त्रणमा लिनुका साथै हमासको विरुद्धमा फराकिलो आक्रमण गर्ने योजनालाई पारित गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई नास गर्नका लागि ठुलो शक्ति परिचालन गर्नुका साथै सबै बन्दी रिहा गर्ने तथा गाजाका २१ लाख जनतालाई अन्यत्र सार्न प्रयास गर्ने जनाएका छन्।

क्याबिनेटले निजी कम्पनीमार्फत राहत वितरण गर्नेसमेत जनाएको छ। दुई महिनादेखि राहत वितरणमा अवरुद्ध भएका कारण गाजामा धेरै जना कुपोषणको सिकार भएको राष्ट्र संघले बताएको छ।

राष्ट्र सङ्घ र अन्य निकायले यो प्रस्ताव सामान्य चलिआएको मानवीय संवेदनासँग विरोधाभास पूर्ण भएको बताउँदै यसलाई स्वीकार नगर्ने जनाएका छन्। हमासले पनि इजरायलले ब्ल्याक मेल गरेको भन्दै यसलाई अस्वीकार गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ खाद्यान्नका लागि सहयोगलाई निरन्तरता दिने बताए। बेलायतले भने गाजालाई फराकिलो रूपमा कब्जामा दिने इजरायली योजनालाई समर्थन नगर्ने बताएको छ। युरोपेली युनियनले यस कार्यले गाजाका बासिन्दा अझ ठुलो संकटमा पर्नसक्ने चेतावनी दिएको छ।

प्रकाशित : 6 May, 2025

प्रतिक्रिया दिनुहोस्