एन्फा साधारणसभामा पूर्वअध्यक्ष लाई प्रवेशमा रोक लगाएपछि विवाद

सहयात्रा टिभी

काठमाडौं । वैशाख २६, अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि विवाद भएको छ ।

तर धुलिखेल नगरपालिकाको हलभित्र साधारण सभाको उदघाटन समारोह आयोजना गरिएको थियो । राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारण सभा उदघाटन गरेपछि संक्षिप्त रुपमा उदघाटन समारोह सम्पन्न गरिएको छ । अब बन्दसत्र सुरु हुँदै छ ।

साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै आयोजकले थापालाई गेटमै रोक्दा विवाद भएपछि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरीको डिएसपीकै नेतृत्वको टोली साधारण सभा स्थलमा परिचालन गरिएको थियो ।

थापा र उनका समर्थकहरु भने भित्र प्रवेश गर्न पाउनुपर्ने माग राखे पनि सुनुवाइ भएन । थापाको भनाइ थियो, ‘कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो ।’

उदघाटन समारोहमा थापालाई प्रवेशमा रोक लगाएको विषयमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ बोल्न चाहेनन् । एन्फाका प्रवक्ता सुरेश शाहले भने अदालतबाट आएको फैसलाबारे औपचारिक जानकारी नभएको जिकिर गरे ।

प्रकाशित : 9 May, 2025

प्रतिक्रिया दिनुहोस्