पूर्वप्रमुख सेनानी अधिकारी विरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१ , सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा फरार रहेका नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइएको छ ।

अदालतमा मुद्दा दर्ता भएर फरार रहेका अधिकारी देश बाहिर रहेको भन्दै पक्राउका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो ।

यसका लागि नेपाली सेनाले समेत कागजात लेखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइसकेको छ ।

अब जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतमा दर्ताको मुद्दाको विवरणसहितका कागजात तयार पारेर प्रहरी प्रधान कार्यालयको नेसनल सेन्ट्रेल ब्यूरो (एनसीबी) लाई पत्र लेख्नेछ । त्यसपछि बल्ल एनसीबी काठमाडौंले इन्टरपोललाई पत्राचार गरेपछि नोटिस जारी हुनेछ ।

यही घोटाला प्रकरणमा यसअघि मुद्दा चलेर २८ वैशाखमा सेनाका पूर्वजमदार आत्मराम थापा कारागार चलान भएका थिए ।

 

प्रकाशित : 14 May, 2025

प्रतिक्रिया दिनुहोस्