लगातार पाँचौ दिन नेप्सेमा ८.४१ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । जेठ १ , साताको अन्तिम कारोबार दिन बिहीबार लगातार पाँचौ दिन नेप्सेमा ८.४१ अंकको गिरावट आएको छ ।

 

परिसूचक नेप्से ८.४१ अंक घटेको हो । सो कमीपछि सेयर बजार २६११ अंकमा झरेको छ । ८२ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटाको स्थिर रह्यो ।

अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोडको भयो । यस दिन होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ ।

विकास बैंक सेक्टर सबैभन्दा धेरै २.१२ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रकाशित : 15 May, 2025

प्रतिक्रिया दिनुहोस्