रविले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई आज पनि स्थगित

सहयात्रा टिभी

काठमाडौं । जेठ ५ , पूर्व गृहमन्त्रीको रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई सोमबार पनि स्थगित भएको हो ।

सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको छ । सर्वोच्च प्रशासनले सोमबार पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेको हो ।

यसअघि हिजो (आइतबार) न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश जारी गरेको थियो ।

आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यद्यपि उक्त पेसी पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित भएको छ ।

 

 

 

प्रकाशित : 19 May, 2025

प्रतिक्रिया दिनुहोस्