शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

काठमाडौं । जेठ ६ , कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।
उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका स्रोतले जनाएको छ ।
उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी आज आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।