प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न राजावादीलाई चेतावनी

काठमाडौं । जेठ ८, सरकारले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो चेतावनी दिएका हुन् ।
उनले राजावादीहरूको गतिविधिबाट सरकार नडराएको भन्दै उनले उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकारी छुट दिएकाले मात्रै त्यसको अभ्यास गरेको बताए ।
तर, संविधानका विरुद्धमा सधैं यस्ता क्रियाकलाप भइरहने हो भने सरकारले टुलुटुलु हेरेर नबस्ने उनको भनाइ थियो ।
संविधानमा प्रतिबन्ध लगाउन सक्ने छुट भएपनि अहिले त्यो नगरेको उनले बताए । ‘आजको दिनसम्म पनि प्रतिबन्ध लगाएका छैनौं । त्यो गर्ने छुट पनि छ,’ उनले भने ।