तपाईंको आजको राशिफल

आज – १० जेठ २०८२ शनिवार को राशिफल
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन सोचेअनुरूप धेरै कार्यहरूमा सफलता मिल्ने योग छ। यद्यपि, पारिवारिक जीवनमा केही चिन्ताले सताउन सक्छ, त्यसैले सचेत रहनुहोला। मस्तिष्कमा नवीन विचारहरूले स्थान पाउनेछन्। कुनै पनि कार्य गर्दा नैतिक मूल्य र मान्यतालाई प्राथमिकता दिनु उत्तम हुनेछ।
शुभ रंग: निलो, शुभ अंक: १।
वृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दाम्पत्य जीवनमा केही मतभेद देखा पर्न सक्ने हुँदा समझदारी अपनाउनुहोला। आर्थिक पक्ष भने बलियो रहनेछ र नयाँ व्यवसायमा लगानी गर्ने अवसर जुर्न सक्छ। पायक पर्ने स्थानमा भ्रमणको योग पनि देखिन्छ। चिकित्सा क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि दिन विशेष फलदायी रहनेछ।
शुभ रंग: सेतो, शुभ अंक: २।
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा)
विद्यार्थीहरूले अध्ययनमा केही अवरोधको सामना गर्नुपर्ने हुन सक्छ, एकाग्रता बढाउने प्रयास गर्नुहोला। वित्तीय तथा सहकारी क्षेत्रमा भने सफलता प्राप्त हुनेछ। साँझपख कुनै शुभ समाचारले मनलाई आनन्दित तुल्याउनेछ।
शुभ रंग: पहेलो, शुभ अंक: २।
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मातापितासँग वैचारिक मतभेद उत्पन्न हुन सक्ने सम्भावना छ, वाणीमा संयम अपनाउनुहोला। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नुका साथै उनीहरूको लोकप्रियतामा पनि वृद्धि हुनेछ।
शुभ रंग: सेतो, शुभ अंक: ३।
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुने देखिन्छ। गरिएका प्रयासहरूको शीघ्र फल प्राप्त हुनेछ, जसले गर्दा आयआर्जनमा वृद्धि हुनुका साथै रोकिएको धन हात लाग्न सक्छ। समग्रमा व्यापार व्यवसाय लाभदायक रहनेछ।
शुभ रंग: रातो, शुभ अंक: १।
कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
राजनीतिक तथा सामाजिक क्षेत्रमा तपाईंको प्रभाव र सक्रियता बढ्नेछ। रोकिएका कामहरू पुनः प्रयास गर्दा सफलता मिल्ने सम्भावना छ। केही समय आफ्नो लागि निकालेर आत्मचिन्तन गर्नु उपयुक्त हुनेछ।
शुभ रंग: हरियो, शुभ अंक: ४।
तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम सम्बन्धमा आफ्ना भावनाहरू खुलेर व्यक्त गर्ने उत्तम समय छ। योजनाबद्ध तरिकाले अघि बढ्दा कार्यहरूमा सफलता प्राप्त हुनेछ। नोकरी वा व्यवसायको सिलसिलामा आकस्मिक यात्राको योग बन्न सक्छ।
शुभ रंग: बैजनी, शुभ अंक: २।
वृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक दायित्वहरू थपिनेछन् र प्रतिस्पर्धात्मक कार्यहरूमा सफलता हात लाग्नेछ। यद्यपि, स्वास्थ्यप्रति केही सजगता अपनाउनु पर्ने देखिन्छ। कुनै विशेष उपहार वा सम्मानले कार्यक्षेत्रमा थप उत्साह प्रदान गर्नेछ।
शुभ रंग: सुन्तला, शुभ अंक: ३।
धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफ्नो कार्य प्रणालीमा आवश्यक सुधार ल्याउने उपयुक्त समय छ। माताको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन सक्छ। नोकरी वा पेशागत क्षेत्रमा सहकर्मीहरूबाट पूर्ण सहयोग प्राप्त हुनेछ, जसले कार्य सम्पादनमा सहजता ल्याउनेछ।
शुभ रंग: केसरी, शुभ अंक: ७।
मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कार्यक्षेत्रमा तपाईंको लगनशीलताले सफलता दिलाउनेछ। तथापि, आफूलाई संयमित राख्नु आजको आवश्यकता हो। व्यापार, व्यवसाय वा नोकरीमा कुनै झुटो आरोप लाग्न सक्ने सम्भावना प्रति सचेत रहनुहोला।
शुभ रंग: निलो, शुभ अंक: ८।
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साहित्य तथा कला क्षेत्रमा रुचि बढ्नुका साथै सफलता मिल्ने योग छ। धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यहरूमा सक्रियता बढ्नेछ। आध्यात्मिक चिन्तन र ज्ञानमा वृद्धि हुने सम्भावना छ। विद्यार्थीहरूका लागि अध्ययन-अध्यापनमा प्रगति हुनेछ।
शुभ रंग: खैरो, शुभ अंक: ३।
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कार्यक्षेत्रमा नवीन कार्यको प्रस्ताव प्राप्त हुन सक्छ वा कुनै विशेष परियोजनाको थालनी गर्ने अवसर जुर्नेछ। अरूको हितका लागि आफ्नो बुद्धि र श्रम लगानी गर्नुपर्ने हुन सक्छ। समाजमा प्रतिष्ठित कार्य गर्ने मौका मिल्नेछ, जसले मान-सम्मान बढाउनेछ।
शुभ रंग: हरियो, शुभ अंक: ४।