युनुसलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थप

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, नख्खु कारागारबाट मुक्त भएलगत्तै पक्राउ परेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थप भएको छ ।

नक्कली भारतीय नोटको कारोबारको मुद्दामा दोषी ठहर भई नख्खु कारागार चलान भएका उनी शनिबार साँझ मुक्त भएका थिए । लगत्तै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो।

आज उनलाई अदालतमा उपस्थित गराइएको र अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको सीआईबीका एसएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित : 25 May, 2025

प्रतिक्रिया दिनुहोस्