हुसेन सलामीको मृत्यपछि वाहिदीलाई नयाँ कमान्डर इन चिफ नियुक्त

काठमाडौं । जेठ ३०, इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख हुसेन सलामीको मृत्यपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमान्डर इन चिफ नियुक्त गरिएको छ ।
नयाँ कमान्डर इन चिफ नियुक्त भएसँगै जनरल वाहिदीले इजरायली आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन् । यो जानकारी इरान रिभोलुसनरी गार्डको एक्स ह्यान्डलमा दिएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परी मृत्यु हुनेमा सलामीसहित खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी छन् ।
यसबाहेक, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।