करेन्ट लागेर उदयपुरमा किशाेरीकाे ज्यान गयाे
सहयात्रा टिभी
काठमाडौं । जेठ ३०, करेन्ट लागेर उदयपुरमा १७ वर्षीय किशोरीको ज्यान गएको छ ।

बेलका नगरपालिका–५ की दुर्गा कार्कीलाई घर छेउमा रहेको कुखुराको फार्ममा काम गर्ने क्रममा आज बिहान करेन्ट लागेको थियो ।
कार्कीलाई तत्काल उपचारका लागि बेलका नगर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


