आज त्रिदेशीय टी–२० शृङ्खलामा स्कटल्यान्ड र नेदरल्यान्ड्स खेल्दै

सहयात्रा टिभी

काठमाडौं । असार ४, स्कटल्यान्ड चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज घरेलु टोली र नेदरल्यान्ड्स खेल्दैछन् । खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच शृङ्खला भइरहेको हो । शृङ्खलाको पहिलो खेलमा आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

अस्ति सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

नेपालले आफ्नो दोस्रो खेलमा हिजो स्कटल्यान्डलाई २ विकेटले हरायो । जीतसँगै नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डको समान २ अङ्क छ ।

नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल पर्सि शुक्रवार घरेलु टोलीसँग खेल्नेछ ।

तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।

प्रकाशित : 18 June, 2025

प्रतिक्रिया दिनुहोस्