प्रधानमन्त्री ओलीको आह्वानमा शीर्ष तीन दलको बैठक बस्दै

काठमाडौं । असार ५, मुलुकको समसामयिक राजनीतिमा देखिएको गाँठो फुकाउने उद्देश्यसहित प्रमुख तीन दलका शीर्ष नेताहरू आज एकै ठाउँमा बसेर छलफल गर्दैछन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सिंहदरबारमा बैठक बस्न लागेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे हुने बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।
यो बैठक वास्तवमा बुधबार नै बस्ने तय भए पनि माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं उपत्यका बाहिर रहेकाले आजका लागि सारिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ।