सुनचाँदीको मूल्यमा वृद्धि, यस्तो छ आजको भाउ

सहयात्रा टिभी

काठमाडौं । असार ८, साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार छापावाल सुन तोलामा ५०० रुपैयाँले महँगिएको हो।

यो वृद्धिसँगै सुनको मूल्य प्रति तोला १ लाख ९४ हजार ७०० बाट बढेर १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भई २,१५० बाट २,१६० रुपैयाँ कायम भएको छ। महासंघका अनुसार, आज प्रति १० ग्राम सुनको मूल्य भने १ लाख ६७ हजार ३५५ रुपैयाँ रहेको छ।

प्रकाशित : 22 June, 2025

प्रतिक्रिया दिनुहोस्