इरानी टेलिभिजनको दाबी : ट्रम्पले बिन्ती गरेपछि युद्धविराम गर्न तयार भयौं

सहयात्रा टिभी

काठमाडौं । असार १०, इरानको सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ। सरकारी च्यानल इरान (IRINN) मार्फत सार्वजनिक गरिएको एक वक्तव्यमा इरान युद्धविरामका लागि तयार भएको बताइएको हो।

वक्तव्यमा दाबी गरिएअनुसार, कतारमा रहेको अमेरिकी सैन्य अखडामा इरानले गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि ‘बिन्ती’ गरेका थिए । सोही कारण युद्धविरामको निर्णय लिएको इरानी पक्षको दाबी छ ।

इरानले अमेरिकी सैन्य अखडामाथिको आफ्नो कारबाही सफल भएको र यो आक्रमण अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमाथि गरेको हमलाको जवाफ भएको बताएको छ ।

यद्यपि, इरानको आक्रमणको सफलताको दाबीलाई कतारले खण्डन गरेको छ। कतारका अनुसार, इरानले प्रहार गरेका सबै मिसाइलहरूलाई आकाशमै खसालिएको थियो।

यसअघि, अमेरिकी आक्रमणको प्रतिक्रियामा इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (IRGC) ले जवाफी हमला गरेपछि युद्धविरामको चर्चा चलेको थियो, तर त्यतिबेला इरानले त्यसलाई अस्वीकार गरेको थियो ।

प्रकाशित : 24 June, 2025

प्रतिक्रिया दिनुहोस्