प्रचण्ड प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा उपस्थित

सहयात्रा टिभी

काठमाडौं । असार ११, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् ।

समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखक लगायत रहेका छन् ।

नेपाल प्रहरी विधेयक गृहमन्त्री लेखकले १३ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले यो विधेयकमाथि सामान्य छलफल गरेर राज्य व्यवस्था समितिमा पठाएको छ । राज्य व्यवस्था समितिले दफावार छलफल गरेर विधेयक अगाडि बढाउनेछ ।

मुलुक संघीयतामा गएसँगै राजनीतिक संघीयता कार्यान्वयनमा गइसकेको छ । तर, नेपाल प्रहरी केन्द्रिकृत संरचनामै छ । यसकारण प्रहरी विधेयकलाई संघीयता कार्यान्वयन गर्ने विषयसँग समेत जोडेर हेरिएको छ ।

 

प्रकाशित : 25 June, 2025

प्रतिक्रिया दिनुहोस्