पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा बयान जारी

काठमाडौं । असार ११, विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी छ । बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस हुनेछ ।
मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बश्याल सहित सरकारी वकिलको टोलीले बहस गर्नेछ ।
बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ ।
अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन् ।
अख्तियारले विरलै रूपमा भ्रष्टाचार मुद्दामा बहसपैरवीका लागि स्वतन्त्र कानुन व्यवसायीहरूलाई ‘हायर’ गर्छ ।
हिमाल मिडियाका अध्यक्ष कनकमणि दिक्षित पक्राउ परेपछि अख्तियारले पूर्वमहान्यायाधीवक्ता डा। युवराज संग्रौला लगायतलाई यसैगरी हायर गरेको थियो ।
त्यसअघि सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार र महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीबीच नीतिगत विषयमा विवाद हुँदा पनि अख्तियारले कानुन व्यवसायीहरूलाई ‘वकालतनामा’ गराएको थियो ।