प्रधानमन्त्री भएबापत ओलीले पार्टीलाई लेबी बुझाए

काठमाडौं । असार ११, प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् ।
उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् ।
एमालेका नेतारकार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ ।
सोही अनुसार प्रधानमन्त्री भएबापत ओलीले मासिक २५ हजारका दरले एक वर्षको लेबी बुझाएका हुन् ।
साथै, उनले पार्टीको सदस्यता शुल्क पनि बुझाएका छन् । एमालेले मासिक ३ सय रुपैयाँ पार्टी सदस्यता शुल्क उठाउँदै आएको छ ।
सोही अनुसार, अध्यक्ष ओलीले पनि बुधबार पार्टी सदस्यता र लेबी तिरेको उनको सचिवालयले जनाएको छ ।
जस अनुसार उनले एक वर्षको ३ लाख ३ हजार ६ सय रकम बुझाएका हुन् ।