बलात्कार आरोपमा वाईसीएलका चौरजहारी इन्चार्ज केसी पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असार १३, माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालका रूकुम पश्चिम, चौरजहारी नगरपालिका इन्चार्ज रेशम केसी बलात्कारको आरोपमा पक्राउ परेका छन्।

जाजरकोटकी एक १७ वर्षीया किशोरीले दिएको किटानी जाहेरीका आधारमा उनलाई बिहीबार राति सानीभेरी गाउँपालिकाको एक होटलबाट पक्राउ गरिएको हो।

रूकुम पश्चिमका प्रहरी प्रमुख, डीएसपी प्रमेश विष्टका अनुसार पीडित किशोरीले करिब दुई महिनाअघि केसीविरुद्ध जाहेरी दर्ता गरेकी थिइन्। जाहेरीमा केसीले २०७९ सालमा चौरजहारीको एक होटलमा लगेर आफूलाई बलात्कार गरेकोत्यसबाट गर्भ रहन गई छोरी जन्मिएको उल्लेख छ।

प्रहरी स्रोतका अनुसार, सुरुमा केसीले विभिन्न आश्वासन दिएर किशोरीलाई उजुरी दिनबाट रोकेका थिए। तर, ती आश्वासन पूरा नभएपछि पीडितले प्रहरीमा उजुरी दिएकी हुन्।

पक्राउ परेका केसी वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्यसमेत हुन्। डीएसपी विष्टले उनलाई आज (शुक्रबार) जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइने जानकारी दिएका छन्।

प्रकाशित : 27 June, 2025

प्रतिक्रिया दिनुहोस्