आज प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूबिच सुनुवाइ समितिको छलफल

काठमाडौं । असार १३, संसदीय सुनुवाइ समितिले आज प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दैछ ।
सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा प्रस्तावित छन् । उनीहरूविरुद्ध ५ वटा व्यक्तिगत र दुईवटा सैद्धान्तिक विषयमा उजुरी परेको छ ।
समितिले उजुरीकर्तालाई आज बिहान ११ बजे सिंहदरबारमा बोलाएको छ । उजुरीकर्तासँग छलफल गरिसकेर आइतबार प्रस्तावित न्यायाधीशहरुको कार्यायोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची छ ।
सुनुवाइ समिति सचिवालयका अनुसार प्रस्तावित न्यायाधीश पोखरेलविरुद्ध दुइटा उजुरी छन् । एउटा उजुरीमा मेघराज पोखरेलले सार्वजनिक बाटो मास्न सरकारी कागज किर्ते गर्नेको पक्षमा बहस गरेको भनेर आरोप लगाइएको छ । बहस गर्दा समेत किर्ते कागजको प्रयोग गरेको आरोपपत्रमा उल्लेख छ ।
अर्को एउटा उजुरी एकजना पूर्वप्रहरी उपरीक्षकले दिएका छन् । उजुरीकर्ता भ्रष्टाचारको मुद्दा लागेर हारेको थिए ।