तीन प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च

सहयात्रा टिभी

काठमाडौं । असार १४, मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै आज साँझदेखि सोमबारसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागका साथै तराईका केही स्थानमा यस्तो वर्षा हुने पूर्वानुमान गरेको हो।

ठूलो वर्षाका कारण ती क्षेत्रमा भू-क्षय, पहिरो, बाढी र गेग्रान बहावको उच्च जोखिम रहेको छ भने तराईका होचा भू-भागमा डुबानको खतरा बढेको छ।

यसले गर्दा नदीनाला तथा खोलामा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातलगायतका क्षेत्र प्रभावित हुन सक्ने चेतावनी दिँदै महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित : 28 June, 2025

प्रतिक्रिया दिनुहोस्