मुग्लिनमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

काठमाडौं । असार १९, मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ग९प २२०६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना४ख ५००७ नम्बरको जिपले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार पहिचान नखुलका दुई जना पुरुष उछिटिएर एसआर६९बी५६२२ नम्बरको एलपी ग्यास ट्यांकरको चक्काभित्र परेका थिए ।
ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।