आज पूर्वराजा ज्ञानेन्द्र शाहको ८० औं जन्मदिन मनाइयो

काठमाडौं । असार २३,पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ८० औं जन्मदिन मनाएका छन् । निर्मल निवासमा आयोजित एक विशेष कार्यक्रममा ज्ञानेन्द्रले आफ्नो जन्मदिन मनाएका हुन् ।
उनको जन्मदिनमा सहभागी हुन पुग्ने समर्थकहरूको बाक्लो भिड थियो । समर्थकहरूले लाइन बसेरै पूर्वराजा शाहलाई शुभकामना दिए ।
जन्मोत्सवको अवसरमा शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताए ।
पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र त्यसपछि मात्रै नेपालको माया जाग्ने पनि बताए ।