रसुवा बाढी : २० बेपत्तामध्ये पाँचको शव फेला, १५ को खोजी जारी

सहयात्रा टिभी

काठमाडौं । असार २५, रसुवास्थित नेपाल–चीन सिमानामा बग्ने लेन्दे खोलामा आएको भीषण बाढीले बगाउँदा बेपत्ता भएका २० जनामध्ये पाँच जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरीका अनुसार, बाढीमा बगेर सम्पर्कविहीन भएका पाँच जनाको शव र केही शारीरिक अंगहरू फेला परेका हुन् । मृतकहरूको पहिचान भने खुल्न सकेको छैन । बाँकी १५ जनाको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।

यसैबीच, बाढीसँगै आएको पहिरोले स्याफ्रुबेसी–टिमुरे सडकखण्ड विभिन्न स्थानमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउनका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

प्रकाशित : 9 July, 2025

प्रतिक्रिया दिनुहोस्