प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जाने

सहयात्रा टिभी

काठमाडौं । असार २८, प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन आज आफ्नो गृहजिल्ला झापा आइपुग्दै छन्। दुईदिने भ्रमणका क्रममा उनले झापा र छिमेकी जिल्ला इलामका विकास आयोजनाहरूको उद्घाटन तथा शिलान्यास गर्नुका साथै पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रम तालिका अनुसार, प्रधानमन्त्री ओली आज बिहान भद्रपुर विमानस्थलमा अवतरण गरी झापाको बुद्धशान्तिमा नवनिर्मित अस्पतालको उद्घाटन गर्नेछन्। त्यसपछि उनी इलामको माई नगरपालिकामा नगर अस्पताल उद्घाटन, सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण र खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन्। आजै साँझ कनकाई नगरपालिकामा पनि सुकुम्वासीलाई धनीपुर्जा वितरण गरेपछि उनी दमकमा बस्नेछन्।

भोलि (आइतबार) प्रधानमन्त्री ओलीले दमकमा सडक उद्घाटन र गौरीगञ्जमा रतुवा खोलामा निर्मित पुलको उद्घाटन गर्नेछन्। भ्रमणको अन्त्यमा, उनले बिर्तामोडमा आयोजना हुने नेकपा (एमाले) को कार्यकर्ता भेलालाई सम्बोधन गरी काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित : 12 July, 2025

प्रतिक्रिया दिनुहोस्