आज साउन २ गते शुक्रबारको राशिफल

काठमाडौं । साउन २, आज २०८२ साल साउन २ गते शुक्रबार। साउन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुलाई १८ तारिख। आज गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। बोलीको प्रभावले कामहरु बन्नेछन्। डुब्न लागेका धनहरु हात लाग्नेछन्। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानीले दुरगामी फाइदा हुनेछ। परिवार र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्।
वृष : विदेशी रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए कार्य सहज हुनेछ। राजनीतिमा गरेको सहकार्यले संगठनमा पहुँच रहनेछ। स्वास्थ्यमा भने समस्या देखिन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।
मिथुन : दिन राम्रो छ। आज उच्च पदका व्यक्तिसँग भएको भेटले मनमा उत्साह थपिनेछ। दीर्घकालीन योजना बन्नेछ। राज्यको माथिल्लो निकायबाट पनि तपाईंलाई साथ र सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट : दिन राम्रो छ। आफ्नो मूल्याङ्कन आफैले गर्नुपर्ने दिन छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षामा भन्दा वैदेशिक रोजगार र व्यापारमा आम्दानी हुनेछ। अग्रजको सल्लाह लिएर काम गर्नुहोला। पारिवारिक मेलमिलाप हुनेछ।
सिंह : आज शिक्षामा गरेको लगानीले तपाईंलाई उत्साह दिनेछ। पारिवारिक समस्या हुनसक्छ। गोपनियता कायम गर्नु राम्रो हुनेछ। अभिभावक संस्थाबाट गरेको लगानीले लाभ मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्।
कन्या : दिन सामान्य रहेको छ। बोल्दा ध्यान दिनुहोला। शिक्षामा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यले साथ दिँदा परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : दिन राम्रो छ। परिवारमा घुमघाम तय हुनेछ। शिक्षामा गरेको प्रयासले नाम र दाम प्राप्त हुनेछन्। विपक्षी ठानेका व्यक्तिबाट नै सहयोग मिल्नेछ। मन प्रसन्न रहनेछ।
वृश्चिक : दिन सामान्य छ। मन उत्तेजित हुनसक्छ, मन शान्त बनाउनुपर्नेछ। शिक्षामा गरेको प्रयासले ढिलासुस्ती हुनेछ। राजनीतिक क्षेत्रमा भने उच्च पदस्थ व्यक्तिसँगको भेटघाटले मनमा शान्ति मिल्नेछ।
धनु : दिन राम्रो रहेको छ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। विपक्षी आफूभन्दा बौद्धिक भएकाले थोरै बोलेर अघि बढ्नु राम्रो हुनेछ। परिवारको साथसहयोग मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ।
मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। तर राजनीतिक क्षेत्रमा भने ठगहरु सक्रिय छन्। सम्पत्तिको पछि लाग्दा स्वास्थ्यमा समस्या आउन सक्छ।
कुम्भ : दिन सामान्य छ। मध्येसाढेसातीले यात्रामा खर्च र समय खेर जानेछ। शिक्षाको क्षेत्रमा लगानी भए दिन सहज बित्नेछ। परिवारमा बोल्दा सचेत हुनुहोला।
मीन : दिन राम्रो छ। आज गरेको प्रयासबाट सम्पत्ति कमाउने बाटाहरु प्रशस्त भेटिनेछन्। बोल्दा ख्याल नगरे समस्या हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।