पर्वतमा पहिरो : दम्पती बेपत्ता, बुहारीले भागेर ज्यान जोगाइन्

सहयात्रा टिभी

काठमाडौं । साउन ४, पर्वतको मोदी गाउँपालिका-३, लाङ्दीमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पती बेपत्ता भएका छन्। आज (आइतबार) बिहान करिब ४ बजे सुतिरहेको अवस्थामा खसेको पहिरोले घर पुरेपछि ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी पत्नी ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन्।

सोही घरमा रहेकी उनकी ३२ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने भागेर ज्यान जोगाउन सफल भएकी छन्। घरमा सासुससुरा र बुहारी मात्रै थिए। छविलालका नातिनातिनी मामाघर गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

गाउँपालिका अध्यक्ष हिरादेवी शर्माका अनुसार, पहिरोले विश्वकर्मा परिवारको एउटा घरमा मात्र क्षति पुर्‍याएको हो। घटनालगत्तै नेपाल प्रहरी र स्थानीयवासी बेपत्ता दम्पतीको खोजीमा जुटेका छन्। अध्यक्ष शर्माले आफूहरु पनि घटनास्थलतर्फ गइरहेको र बेपत्ता दम्पतीको अवस्थाबारे अझै केही खुल्न नसकेको बताइन्।

प्रकाशित : 20 July, 2025

प्रतिक्रिया दिनुहोस्