भण्डारी र ओलीबीचको भेटवार्ता सकियो
सहयात्रा टिभी
काठमाडौं । साउन ४, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त छलफल भर्खरै सकिएको हो ।
उनीहरूबीच करिब २ घण्टा एक्लाएक्लै छलफल भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार, पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बुझिएको छ । यद्यपि, छलफलको विषय बाहिर आएको छैन ।
भण्डारी च्यासलबाट बाहिरिसकेकी छिन् । यद्यपि उनले कुनै प्रतिक्रिया भने दिइनन् ।


