चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षा

सहयात्रा टिभी

काठमाडौं । साउन ५, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपाल नजिक) रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा भने मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ । देशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित : 21 July, 2025

प्रतिक्रिया दिनुहोस्