थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी

सहयात्रा टिभी

काठमाडौं । साउन ११, काठमाडौंको थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित सडकको बिजुलीको पोलमा आगलागी भएको हो ।

आगलागी भएलगत्तै महानगरपालिकाको वरुण यन्त्र आगो निभाउन पुगेको थियो ।

नगर प्रहरीसहित पुगेको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ । सँगै तार व्यवस्थापनको काम पनि भइरहेको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित : 27 July, 2025

प्रतिक्रिया दिनुहोस्