रुपन्देही-३ को उपनिर्वाचन : दल दर्ताका लागि आयोगको आह्वान

सहयात्रा टिभी

काठमाडौं । साउन १६, निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको तयारी सुरु गरेको छ। यसका लागि आयोगले आज एक सूचना जारी गर्दै राजनीतिक दलहरूलाई साउन २१ देखि २७ गतेसम्म दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार, असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ र सोही दिन साँझ प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेदवारको अन्तिम नामावली भने असोज २४ गते सार्वजनिक गरिनेछ।

मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा हुनेछ।

साथै, आयोगले २०७९ सालको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम परेका व्यक्तिले यस उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।

प्रकाशित : 1 August, 2025

प्रतिक्रिया दिनुहोस्