सप्तकोशीमा जलस्तर खतराको तहमा, ब्यारेजका २३ ढोका खोलियो

सहयात्रा टिभी

काठमाडौं । साउन १९, अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ। जलस्तर बढेसँगै कोशी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ भने ५६ मध्ये २३ वटा ढोका खुला गरिएको छ।

सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, सोमबार बिहानको मापनमा कोशी ब्यारेज भएर प्रतिसेकेण्ड एक लाख ७५ हजार ६८५ क्युसेक पानीको बहाव रहेको छ। यो बहाव आइतबार साँझको तुलनामा केही कम भए पनि खतराको तहभन्दा माथि नै छ। आइतबार साँझ पानीको बहाव एक लाख ९१ हजार २१० क्युसेक पुगेको थियो।

कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार, पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन रातो बत्ती बाल्ने गरिन्छ।

२०६५ भदौ २ गते सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा पानीको बहाव करिब एक लाख ६८ हजार क्युसेक मात्र थियो। हालको बहाव उक्त विनाशकारी बाढीको समयभन्दा बढी भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित : 4 August, 2025

प्रतिक्रिया दिनुहोस्