प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सहयात्रा टिभी

काठमाडौं । साउन १९, सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ। आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रस्तावहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकको सुरुमा सङ्घीय संसद्का महासचिवले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का विषयमा राष्ट्रपतिबाट प्राप्त सन्देशबारे सदनलाई जानकारी गराउनेछन्।

त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८१ मा समावेश सुझावहरूलाई स्वीकृतिका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

यसैगरी, मन्त्रीहरूले पनि विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू प्रस्तुत गर्नेछन्। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गर्न प्रस्ताव पेस गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ अनुमोदनका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित : 4 August, 2025

प्रतिक्रिया दिनुहोस्