प्रचण्डले उपमहासचिव जनार्दनलाई आत्मालोचना गर्न सुझाए

सहयात्रा टिभी

काठमाडौं । साउन १९, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई पार्टी नेतृत्वप्रति सार्वजनिक रुपमा प्रश्न उठाएकोमा आत्मालोचना गर्न सुझाव दिएका छन् ।

सोमबार स्थायी कमिटी बैठकमा धारणा राख्दै अध्यक्ष प्रचण्डले आत्मालोचना गरेर स्थायी कमिटी सदस्यहरूको मान राख्न आग्रह गरेका हुन् ।

जवाफमा उपमहासचिव शर्माले आफूले जायज प्रश्नहरू नै उठाएको र ती यथावत् रहेको बताएका थिए । ‘मेरा कुराहरू यथावत् छन्, मैले आफ्नो हिस्साको कमजोरीको मात्रै जिम्मा लिन्छु,’ बैठकमा शर्माले भने, ‘कमीकमजोरीहरू सबैका भएका छन् ।’

 

प्रकाशित : 4 August, 2025

प्रतिक्रिया दिनुहोस्