पूर्व उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र यादवबीच भेटवार्ता, राजनीतिक निकासका लागि नयाँ पहलमा जोड

सहयात्रा टिभी

काठमाडौं । साउन २६, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। श्रेष्ठको हात्तीवनस्थित निवासमा आज बिहान पूर्व उपप्रधानमन्त्रीद्वयबीच भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो।

श्रेष्ठको सचिवालयका अनुसार, भेटमा देशको वर्तमान परिस्थितिलाई सम्बोधन गर्न र सकारात्मक निकास दिनका लागि संघर्षशील शक्तिहरूले नयाँ पहलकदमी लिनुपर्ने आवश्यकतामाथि जोड दिइएको थियो। यथास्थितिमा अल्झिनुको सट्टा नयाँ सिराबाट अगाडि बढ्ने विषयमा पनि दुई नेताबीच कुराकानी भएको जनाइएको छ।

त्यसैगरी, सबै पक्षले आ-आफ्ना कमजोरी स्वीकार्दै आत्मालोचना गर्नुपर्ने र वर्तमान सन्दर्भमा कसरी एकताबद्ध भएर अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल केन्द्रित रहेको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित : 11 August, 2025

प्रतिक्रिया दिनुहोस्