कुलिङ पिरियड त्रुटि प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दै सभामुख

सहयात्रा टिभी

काठमाडौं । साउन २७, संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे सभामुख देवराज घिमिरे छलफलमा छन् ।

उनले राजनीतिक दलका नेताहरूको समेत राय मागेका छन् । उनले आज बिहान ११ बजे संसदमा रहेका दलहरूका प्रमुख सचेतकहरूसँग राखेको संयुक्त छलफल भने स्थगित भएको छ ।

सभामुख घिमिरेले यसअघि पनि दलका नेताहरूसँग संवाद गरेका छन् । संसद् सचिवालयकै अधिकारीहरूसँग छलफल गरेका छन् ।

कुलिङ पिरियडको प्रावधान निश्कृय हुने भाषा समेत विधेयकको प्रतिवेदनमा परेको भनेर प्रश्न उठेपछि गठित संसदीय छानबिन समितिले गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । यसमा संलग्न व्यक्तिलाई नैतिक प्रश्न उठाएको छ । प्रचलित ऐन अनुसार आवश्यक कारबाही हुन सक्ने भनेर समेत सुझाएको छ ।

यो अवस्थामा छानबिन प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सभामुख घिमिरेले सरोकारवाला पक्षसँग छलफल गरिरहेका हुन् ।

 

प्रकाशित : 12 August, 2025

प्रतिक्रिया दिनुहोस्