उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखाएको रास्वपाको टिप्पणी

काठमाडौं । भदौ ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन अचम्मको फुर्ती देखाएको टिप्पणी गरेको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले यस्तो बताएकी हुन् ।
उनले भनेकी छन्, ‘जनताका समस्या समाधान गर्न सरकार सुस्त छ । तर उपसभामुखलाई हटाउन चाहीँ अचम्मको फुर्ती देखाएको छ ।’
सरकारले न्याय नभएर पक्षपातको नयाँ मापदण्ड स्थापित गर्दै गरेको उनले बताए । विभिन्न मुद्दामा जोडिएका मन्त्री र आफ्ना मान्छेलाई जोगाएर सरकार अगाडि बढिरहेको पनि उनले बताइन् ।