भियतनामकी उपराष्ट्रपतिले आज उच्चस्तरीय भेटवार्ता गर्ने

सहयात्रा टिभी

काठमाडौं । भदौ ८ , नेपालको औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै छिन्। उनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भियतनामबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

भेटवार्तामा नेपाल र भियतनामबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका विविध पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेषगरी, शनिबार परराष्ट्रमन्त्री डा. आरजु राणासँगको भेटमा नेपालले राखेको पोखरा र भैरहवामा सीधा हवाई उडान गर्ने प्रस्तावबारे आजको भेटमा थप छलफल हुने अपेक्षा गरिएको छ। सीधा उडानले भियतनामी पर्यटकको संख्या बढाउन मद्दत पुग्ने नेपालको विश्वास छ।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन उनी उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आएकी हुन् ।

भ्रमण तालिकाअनुसार उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछिन्। त्यसपछि उनले पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपजस्ता विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको भ्रमण गरी स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित : 24 August, 2025

प्रतिक्रिया दिनुहोस्