अभियान्ता डा. गोविन्द केसीले तोडे अनसन

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् । डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन तोडेका हुन् ।

गत आइतबारदेखि अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । मंगलबार बिहान केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगी डा. अमृत जैसीले बताए ।

डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिँउसोदेखि सत्याग्रह सुरु गरेका हुन् ।

यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग राखेका छन् ।

 

प्रकाशित : 2 September, 2025

प्रतिक्रिया दिनुहोस्