बाँकेको बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भदौ २५ , बाँकेको नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँचजनाको मृत्यु भएको छ । सातजना घाइते छन् ।

नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार, बालबिज्याइँकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ र बालसुधार गृहबाट ७६ जना भागेका उनले उल्लेख गरे । बालबिज्याइँकर्ता र थुनुवालाई एकै ठाउँमा राखेका कारण यो अवस्था सिर्जना भएको उनले बताए ।

झडपमा घाइते भएकालाई नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको थियो । ती घाइतेमध्ये पाँचजनाको उपचारका क्रममा मृत्यु भएको हो । अरू घाइतेको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रकाशित : 10 September, 2025

प्रतिक्रिया दिनुहोस्